मर्र्स्याङदीमा ट्रक खस्दा दुईको मृत्यु
तनहुँको मरर्स्याङदी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नंको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करीब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना रातिको समयमा घटेको भए पनि प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बाग्लुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीम बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस