पूर्वराजा ज्ञानेन्द्र कोरोना मुक्त, कोमलको स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना मुक्त भएका छन्।
पूर्वराजदम्पती कोरोना संक्रमण भई विगत १८ दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्। शाहको कोरोना परीक्षण रिपार्ट नगेटिभ आएको उपचारमा सलग्न डा.जेपी जयसवालले बताए। उनका अनुसार पूर्वरानी कोमलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी भएपछि उनलाई केही दिनअघि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ। अस्पतालले पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि कोरोना मुक्त भएको जनाएको छ। भारतको कुम्भ मेलामा सहभागी भएर फर्केका उनीहरूमा कोरोना संक्रमण देखिएको थियो।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस