भारतको आन्ध्र प्रदेशमा अक्सिजन नपाएर ११ कोरोना संक्रमितको मृत्यु
एजेन्सी । भारतको आन्ध्र प्रदेशमा अक्सिजन लोड गर्न ढिलाइ हुृँदा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आन्द्र प्रदेशको तिरुपति स्थित एक सरकारी अस्पतालको आइसियूमा उपचारत कोरोना संक्रमितको अक्सिजन लोड गर्न ढिलाई हुँदा उनीहरुको कारण मृत्यु भएको हो । अस्पताल श्रोतले अक्सिजन लोड गर्न पाँच मिनेट ढिला हँुदा कोरोना संक्रमितको मृत्यु भएको स्वीकार्दै मृतकका परिवारजन संग माफी मागेका छन् । यद्दपी परिवारजनले भने अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै बिरोध गरेको छ ।
अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तजनहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । भारत सरकारले कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेको भन्दै उनीहरुले भारत सरकार बिरुद्ध चर्को नारा लगाएका छन् ।
सो अस्पतालमा आइसियू तथा अक्सिजन बेडमा झण्डै ७ सय कोरोना संक्रमितको उपचार जारी छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस