• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट आज एकैदिन २२५ जनाको मृत्यु,९ हजार ४ सय ८३ संक्रमित थपिए


    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् ।

    यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ भने निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
    हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस