• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा भारी वर्षा हुने


    आज २०७८ बैशाख २९ गते बुधबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

    आज दिउँसो देशको पहाडी भू भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदुर पश्चिम प्रदेश,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै आज राती देशका अधिकांश भू भागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भू भागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस