एमाले नेता पशुपति चौलागाईंको निधन
काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ ।
केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा ९ख० बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष हुनुभएको थियो । २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिसमेत हुनुभएको थियो ।
२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जित्नुभएका उहाँ २०६३र६४ को अन्तरिम व्यवस्थापिका सांसद बन्नुभएको थियो । त्यस्तै उहाँ २०७०र७४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस