भारतको गंगा नदीमा ७१ जनाको बेवारिसे शव फेला
एजेन्सी । भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन ।
पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ । शवको डिएनए नमूना भने सुरक्षित राखिएको छ । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरुले बताएका छन् ।
कतिपयले भने शव जलाउने दाउराको मूल्य महँगो भएकाले शव त्यत्तिकै फ्याँकिएको हुनसक्ने अनुमान गरेका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस