१० श्ययाको आइसोलेशन तयार
गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ ।
कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।
गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका सङ्क्रमितका लागि नभई कोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयार गरिएको हो ।
कार्यालयमा अहिले १० श्ययासहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक औषधि, मास्क, स्यानिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै भान्सा र मनोरञ्जनका सामग्रीसमेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।
पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदूर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका सङ्क्रमितलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने उनको भनाइ छ । पहिलो चरणमा १० श्यया निर्माण गरिए पनि कार्यालयको क्षमता २० श्ययासम्म राख्न सकिने गरी विस्तार गरिएको र सम्भव भए अक्सिजन सिलिन्डरसमेत व्यवस्था मिलाइने गोगंजुले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस