• जीवनशैली | Jiwanshaili
  • थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार ३०५ जनालाई संक्रमण पुष्टि भएको हो। जसमध्ये ९ हजार २३८ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ६७ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

    आज १६८ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४४४ रहेको छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस