• जीवनशैली | Jiwanshaili
  • बिहिबार यी स्थानमा चट्याङ्ग सहित भारी वर्षा हुने


    आज २०७८ बैशाख ३० गते बिहिबार । देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

    हाल देशका सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं १ का भूभागमा सामान्य देखि पूर्णतया बदली रही बाकी भूभागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
    आज दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

    यस्तै आज राती देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहि प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस