लोडर पल्टिदा चालकको मृत्यु
मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका वडा नम्वर–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो ।
लोडर सडकबाट करिब एक सय मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएका र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस