चितवनमा पाँच सङ्क्रमितको मृत्यु
जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् ।
भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यही वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनमा निमोनियाको समस्या जटिल भई वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान २ः०० बजे मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत तनहुँका ४१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । तनहुँको व्यास नगरपालिका– १ का उनी यही वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उनको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा आज बिहान १ः४२ बजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका–८ का ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः२६ बजे मृत्यु भएको हो ।
पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर–३ का ४८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २९ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा उनको बुधबार राति १०ः१० वजे मृत्यु भएको हो ।
सोही अस्पतालमा उपचारका क्रममा कपिलवस्तुका सङ्क्रमितको मृत्यु भएको छ । शिवराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचारकक्षमा उनको बुधबार राति ९ः४५ बजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस