• जीवनशैली | Jiwanshaili
  • कोरोना कारणले पत्रकार गणेश पौडेलको मृत्यु


    कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ ।  गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज विहान उपचरका क्रममा मृत्यु भएको छ ।
    पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यही बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस