गाडीको ठक्करबाट हवल्दारको मृत्यु
सडकमा चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ।
रूपन्देहीको कन्चन गाउँपालिका-४ थकाली चोकमा चेकिङमा रहेका बेला इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो।
प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय बुढा मगरको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बिहीबार बिहान अन्दाजी २ बजे बुढा मगरलाई ठक्कर दिने गाडीको भने पहिचान खुल्न नसकेको बताए।
बुढा मगरको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको र सडकमा विभिन्न स्थानमा राखिएका सिसिटिभी क्यामेराको माध्यमबाट ठक्कर दिने गाडीको खोजी भइरहेको थापाले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस