आइसोलेसन सेन्टर निर्माण गर्दे स्थानीय तह
कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा सङ्क्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । यहाँको तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिको – ३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गशेष शाहीले बताए ।
उनले गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको बताए । सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन नेपालगञ्जबाट औषधिको माग गरिएको छ । आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि निर्देशन दिइएको छ ।
कोरोना भाइरस बढ्दै गएमा र शय्याको अभाव भएमा सेन्टरमा थप शय्याको व्यवस्था समेत गर्न गाउँपालिका लागि परेको स्वास्थ्य शाखाका प्रमख शाहीले बताए । कोभिड अस्थायी अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्स र एक कार्यालय सहयोगी कार्यरत छन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस