कोरोनाबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ।
उनको कोरोना संक्रमणका कारण बिहीबार अपराह्न निधन भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्।
कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भएपनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो।
तर बिहीबार अपराह्न अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको महासचिव श्रेष्ठले बताए।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस