शुक्रबार यी स्थानमा पानी पर्ने
आज २०७८ बैशाख ३१ गते शुक्रबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्व पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ।
शुक्रबार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भुभागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै शुक्रबारकै राती देशका प्रदेश १ सहित पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस