प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ
कञ्चनपुरमा प्रतिबन्धीत लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।
पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको छ । भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस