• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने


    एजेन्सी । अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ ।

    राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरुको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरुले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बीबीसीले जनाएको छ ।

    अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझै पनि बढी भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाइ जहाज लगायतकामा भने मास्कलाई अनिवार्य गरिएको छ । अमेरिकामा अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको छ ।

    राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह पनि गर्दै आएका छन् । अमेरिकाले कोरोना रोकथामका लागि १२ देखि १५ वर्षका किशोरकिशोरीका लागि पनि खोप दिने घोषणा गरिसकेको छ ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस