घरबाटै काम गर्ने व्यवस्था मिलाउन धितोपत्र बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर धितोपत्र दलाल ब्रोकर, मर्चेन्ट बैंकरलाई प्रणाली सञ्चालनका लागि कार्यालयमा तीनजनाभन्दा धेरै कर्मचारी नखटाउन निर्देशन दिएको छ ।
बोर्डले विज्ञप्तिमार्फत सूचना प्रविधिसम्बन्धी काम गर्न मात्रै कर्मचारी खटाउन र घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको कल डाइभर्ट गरी घरबाटै त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्बर उपलब्ध गराउनसमेत बोर्डले आग्रह गरेको छ ।
साना लगानीकर्ताले दैनिक घरखर्च चलाउन वा औषधोपचारका लागि शेयर बिक्री गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकताअनुसार तत्काल सेवा उपलब्ध गराइ सहयोग गर्न पनि आग्रह गरेको छ ।
यस्तै कर्मचारीमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेशनमा बस्ने व्यवस्था गर्न र सरकार तथा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका आदेश अनुसारको स्वास्थ्य मापदण्ड पालना गर्नसमेत बोर्डले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस