पुनः १० दिन निषेधाज्ञा थप
धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन् । कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २१ गते देखि बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो ।
पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस