काठमाडौंमा अलपत्र परेकालाई घर जान दिने
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाले अलपत्र परेका यात्रुहरुलाई गन्तब्य सम्म जान दिने भएका छन्।
काठमाडौं । उपत्यकामा निषेधाज्ञा लम्बिँदै जाँदा यात्रुहरु अलपत्र भइ सडकमा बस्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले यात्रुलाई आफ्नो घर जान दिने निर्णय गरेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अलपत्र परेकालाई यात्रुहरुलाई सिफारिसको आधारमा घर जान दिने बताए।
उनका अनुसार घर जानलाई अलपत्र परेका व्यक्तिको सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने छ। यो सिफारिस पत्र सवारीसाधन चालकलाई पनि अनिवार्य चाहिने छ। ‘काठमाडौंबाट यात्रु लगेपछि बसले फर्किदा कोही पनि यात्रु ल्याउन पाइने छैन। त्यस्तो गरेको पाइए कारबाही हुन्छ। उपत्यकाबाट बाहिर मात्रै यात्रु लैजान पाउने भट्टराइले बताए ।
उपत्यकाबाट घर गएपछि ती व्यक्ति अनिवार्य कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ। यसको निगरानी स्थानीय तहले गर्नुपर्ने छ। दोस्रो लहरको कोभिड(१९ संक्रमण बढेपछि यसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।
फेरि गत मंगलबार तीन वटै जिल्लाले १५ दिन निषेधाज्ञा थपेको छ। जसकारण बढी मजदुरहरु मारमा परेका छन्। सार्वजनिक सवारी साधन नचलेका कारण कतिपय यात्रुहरु पैदलै घर जाने गरेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस