पूर्वरानी कोमल शाह कोरोनामुक्त
काठमाडौं । पूर्वरानी कोमल शाह तीनसाताको उपचारपछि कोभिड–१९ मुक्त भएकी छन्।
कोरोना जितेर शुक्रबार अपराह्न डिस्चार्ज भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए।२१ दिनअघि अस्पताल भर्ना भएकी शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो। कोमलसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएकी छन्।
एकै दिन अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह भने २९ वैशाखमै अस्पतालबाट डिस्चार्ज भएका थिए। पूर्वराजपरिवारलाई भारतमा कुम्भ मेला भरेर फर्केपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस