• जीवनशैली | Jiwanshaili
  • शनिबारको मौसमः यी स्थानमा चट्याङ्ग सहित वर्षा हुने


    आज २०७८ जेठ १ गते शनिबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्व भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।
    शनिबार दिउँसो देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भुभागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
    यस्तै शनिबार राती देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहेने छ। प्रदेश नं १ का पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस