हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर
वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।
अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ् ।
उहाँकैपहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ । अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लागेका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस