काँग्रेस उपसभापति गच्छदारकी श्रीमतीको कोरोनाबाट निधन
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मलाको कोरोना संक्रमणबाट निधन भएको छ ।
उनको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनी लामो समयदेखि फोक्सो सम्बन्धी समस्याबाट पीडित थिइन् । यसअघि उनलाई भारतको नयाँ दिल्लीमा लगेर समेत उपचार गरिएको थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्मलाको महत्वपूर्ण योगदान रहेको मुख्यसचिव पौडेलले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस