• जीवनशैली | Jiwanshaili
  • प्रतिकात्मक रुपमा तानियो रातो मच्छिन्द्रनाथको रथ


    ललितपुर । ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तानिएको छ ।

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्रै तानिएको हो । मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौँ दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिएको हो ।

    यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएको थियो । रातोमच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत निस्केको छ । यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस