• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा आज मौसम सफा रहने


    आज २०७८ जेठ २ गते आईतबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिणपूर्वी भूभाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ।

    अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

    आईतबार दिउँसो प्रदेश १ लगायत देशका अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भूभागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन,चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    यस्तै आईतबार राती देशभर आन्शिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस