एसइइ र कक्षा १२ को परीक्षाका विकल्पबारे छलफल शुरु
काठमाडौं । कोरोना महामारीका कारण मुलुक नै स्वास्थ्य संकटमा परेपछि स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा एसइइ र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठन गरेको कार्यदलले सरकारवालाहरुसँग छलफल थालेको छ । परीक्षा बोर्डले कोरोना भाइरसको महामारी थप फैलिनबाट रोक्न भन्दै सरकारले गएको सोमबार एसइइ र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो ।
एसइइको जेठ १३ तथा कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा गर्ने तयारी थियो । तत्कालका लागि परीक्षा स्थगित गरेको बोर्डले सम्भावित परीक्षण विधि तथा मूल्यांकन प्रक्रियाबारे अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरी सुझावसहितको प्रतिवेदन बुझाउने अख्तियारी शिक्षा विभागका महानिर्देशक अर्याल नेतृत्वको कार्यदल गठन गरेको हो ।
कार्यदलले शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाविद, विद्यार्थी तथा शिक्षा नीति निर्माणमा रहेकाहरुसँग परामर्शमा शुरु गरेको छ । काम सुरु गरेको दुई हप्ताभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदललाई तोकिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस