• जीवनशैली | Jiwanshaili
  • वरिष्ठ डाक्टर आचार्यको कोरोना संक्रमणबाट निधन


    काठमाडौं । वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल ईश्वरलाल आचार्यको कोरोना संक्रमणबाट निधन भएको छ ।

    सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा.आचार्यको आइतवार बिहान निधन भएको हो । कोभिड–१९ को सङ्क्रमण भएपछि गएको वैशाख १८ गते उनि अस्पताल भर्ना भएका थिए। वैशाख २९ गते उनको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको थियो ।

    तर हिजो बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचारमा जाँदा उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्य नेपालको ग्यास्ट्रोइन्टेरोजोली क्षेत्रका पिता भनेर चिनिन्छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस