• जीवनशैली | Jiwanshaili
  • काठमाडौं महानगरभित्रका विद्यालयमा जेठ २० भित्रै परीक्षा लिइसक्न निर्देशन


    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्न निर्देशन दिएको छ ।

    महानगरपालिकाको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर लिइसक्न निर्देशन दिएको हो । अनलाइन÷अफलाइन÷टेलिफोन÷इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा यही जेठ २० गतेसम्म सकिसक्नुपर्ने सूचनामा भनिएको छ ।

    साथै विभागले जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न पनि निर्देशन दिएको छ । यस्तै, कक्षा आठको नगरस्तरीय परीक्षाका सम्बन्धमा भने छिट्टै अर्को सूचना जार गरिने बताइएको छ ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस