• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुग्यो


    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ । पछिल्लो एक साता मृतक संख्या तीन अंकमा रह्यो ।

    वैशाख २६ गते ८८ जना, वैशाख २७ गते १३९, वैशाख २८ गते २२५ जना, वैशाख २९ गते १६८ जना, वैशाख ३० गते २१४ जना, वैशाख ३१ गते २०३ जना, जेठ १ गते १८७ जना र जेठ २ गते १४५ जनाको मृत्यु भएको हो ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस