• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा सोमबार मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुने


    २०७८ जेठ ३ गते सोमबार  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
    देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ। आज सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    यस्तै सोमबार राती देशभर सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस