एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा
रुकुम पूर्व -रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ ।
अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताए । वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको रावतले बताउनुभयो । यस्तै वडा नं ६ को पनि ८० प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको छ । वडा नं ६ को छिप्रीदह बाहेकको सबै ठाउँमा केन्द्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको कार्यालयले जनाएको छ । छिप्रीदहमा भने अहिले बाफीकोट गाउँपालिका रुकुम पश्चिममा रहेको नवभिजन सहकारी संस्थाको बिजुली बलिरहेको छ ।
यस्तै भूमे गाउँपालिकाको वडा नं ५ पूर्णरूपले विद्युतीकरण भइसकेको छ । वडा नं ४ को पनि ६० प्रतशित घरधुरीमा प्राधिकरणको बिजुली बलेको कार्यालय प्रमुख रावतले बताए । उनका अनुसार भूमे–२ मा भने गाउँपालिकाको केन्द्र खाबाङ बगरमा मात्र विद्युतीकरण भएको छ । अन्य ठाउँमा ग्राहकको मागअनुसार प्राथमिकताका आधारमा विद्युत् विस्तार गरिने छ । यस लगत्तै कार्यालयले सिस्ने–३ को पोखरा र पाँगाका साथै भूमेको काँक्री हुँदै पुथाउत्तरगङ्गा गाउँपलिकाको क्युवाङ र तकसेरामा केन्द्रिय लाइनको विद्युत् विस्तार गरिने छ ।
यहाँको भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरुले गर्दा काम गर्न भने केही समस्या भएको कार्यालयले जनाएको छ । टाढाटाढा छरिएर रहेका बस्तीले गर्दा स्रोत साधन पनि धेरै लाग्ने र काम गर्न पनि समस्या हुने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस