• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ९ हजार २४७ संक्रमित थपिए


    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।
    पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस