• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, १७ सय बढीको मृत्यु


    काठमाडौं । उपत्यकाका तीनवटा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ।

    पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकामा संक्रमितको संख्या २ लाख नाघेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएका छन्। अहिलेसम्म उपत्यकामा १ लाख ६७ हजार ९०५ जना संक्रमणमुक्त भएका छन्।

    काठमाडौं जिल्लामा १ लाख ६५ हजार ३६४ जना संक्रमित भएका छन्। जसमध्ये १ लाख ३५ हजार ६४८ जना संक्रमणमुक्त भएका छन्। १ हजार १८९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। त्यस्तै भक्तपुरमा १६ हजार ४८० संक्रमितमध्ये ११ हजार ५२९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। भक्तपुरमा २३५ संक्रमितको मृत्यु भएको छ।

    ललितपुरमा पनि २८ हजार २१७ संक्रमितमध्ये २० हजार ७२८ जना संक्रमणमुक्त भएका छन् भने ३१८ संक्रमितको मृत्यु भएको छ। हाल काठमाडौंमा २८ हजार ५२७ जना सक्रिय संक्रमित छन् भने भक्तपुरमा ५ हजार ७६ र ललितपुरमा ७ हजार १७१ सक्रिय संक्रमित छन्।

    उपत्यकामा तीन जिल्लामा कुल १ हजार ७४२ संक्रमितको मृत्यु भएको छ। हाल यहाँ जम्मा ४० हजार ७७७ जना सक्रिय संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस