कोरोना विरुद्धको नयाँ औषधिलाई आपतकालिन प्रयोगको अनुमति
एजेन्सी । भारतमा कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ ।
औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई प्रयोगको आपत्कालीन रूपमा अनुमति दिएको हो ।
कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ ।
सरकारले जारी गरेको विज्ञप्तिमा उक्त औषधि कोभिडबाट पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक रहेको उल्लेख छ ।
तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्यांक उपलब्ध नभएको औँल्याएका छन् ।
टू–डीजी औषधि भारतको डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डी.आर.डी.ओ)ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो ।
क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्ने तथा अक्सिजनप्रतिको निर्भरता कम गर्ने दावी गरेका छन् ।
तर स्वास्थ्यविज्ञहरूले भने यसको प्रभावकारिताबारे प्रश्न उठाएका छन् ।
उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्दा समेत स्वीकृत नगरिएपछि अहिले कारोना उपचारमा प्रयोग गर्न लागिएको उनीहरुको दावी छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस