एक क्वीन्टल लागूऔषध गाँजासहित ३ जना पक्राउ
हेटौंडाबाट लागूऔषध एक क्वीन्टल गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट विषेश सूचनाको आधारमा सो परिमाणको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक (डिएसपी)ले जानकारी दिए ।
उनका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले सो सडक खण्डको नामटारबाट हेटौडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको क्याबिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक काभ्रे महाभारत गाउँपालिका वडा नम्बर–५ बस्ने बर्ष ४९ का आइते बहादुर मगर, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर–९ बस्ने बर्ष ४१ का एक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका वडा नम्बर–१० बस्ने बर्ष ३६ का सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस