अमेरिकाले अन्य देशलाई आठ करोड डोज कोरोना खोप दिने
एजेन्सी । अमेरिकाले आगामी ६ सातामा अन्य मुलुकलाई आठ करोड डोज कोरोना खोप दिने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै यस्तो घोषणा गरेका हुन् । यसअघि नै अमरिकाले ६ करोड डोज कोरोना खोप निर्यातको घोषणा गरिसकेको थियो । अहिले अमेरिकाले घोषणा गरेको खोपको संख्या अमेरिकाले जुनको अन्तिमसम्ममा उत्पादन गर्ने खोपको १३ प्रतिशत रहेको बाइडनले बताएका छन् ।
उनका अनुसार यससँगै अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना खोप अनुदानमा दिने मुलुक बन्ने बाइडनको दाबी छ । रुस र चीनले अहिलेसम्म एक करोड ५० लाख डोज कोरोना खोप अनुदानमा अन्य मुलुकलाई दिएका छन् । बाइडनले कोरोना खोपको विषयमा रुस र चीनको नाम धेरै सुनिएको भए पनि आफूहरु अब खोपमा विश्वको नेतृत्व गर्ने तर्फ अघि बढेको बाइडनको भनाइ छ ।
अमेरिकाले गत मार्चमा क्यानडा र मेक्सिकोलाई ४० लाख डोज अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप दिएको थियो । आगामी दिनमा थप ६ करोड डोज एस्ट्राजेनेकाको खोप अन्य मुलुकलाई दिने अमेरिकाले बताएको छ । यो खोपलाई अमेरिकामा प्रयोगको अनुमति दिइएको छैन ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कुन मुलुकलाई कति खोप दिइने भन्ने निर्णय भने हुन बाँकी छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस