भारतमा शक्तिशाली ‘ताउ–ते’ आँधी,१८ को मृत्यु, जहाज डुब्दा १४६ जना बेपत्ता
एजेन्सी । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको छ ।
अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । सयौं घाइते भएका छन् भने आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुब्दा १ सय ४६ जना हराइरहेका बताइएको छ । विशेषगरी, भारतका कर्नाटक, गोवा, केरला र महाराष्ट्र राज्यमा मानवीय क्षति बढी भएको भारतीय सञ्चारमाध्यमको भनाइ छ ।
चक्रवातको असर भारतका मुम्बईलगायत विभिन्न स्थानमा परेको छ । त्यहाँका सयौं रूख ढलेका छन् भने विभिन्न सहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ । ताउ–ते चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीसहित ताउते चक्रवातको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस