निषेधाज्ञा अवधिभर बैंकले जरिबाना लिन नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका बेला ऋणीसँग जरिबाना नलिन निर्देशन दिएको हो । यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी प्रक्रियासमेत अघि नबढाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निषेधाज्ञा अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।
यस्तै नेपालमा अहिले सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षका लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने प्रवक्ता ढकालको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस