• जीवनशैली | Jiwanshaili
  • थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त, ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् ।

    यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस