• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोभिड–१९ को थप नयाँ भेरिएन्ट पत्ता लाग्यो


    काठमाडौं । नेपालमा कोभिड–१९ कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर नेपालमा कोरोना भाइरसको थप नयाँ भेरिएन्ट पत्ता लागेको जानकारी गराएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका तीन किसिमको भेटिएन्ट पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। मन्त्रालयका अनुसार गएको हप्ता देशका विभिन्न ठाउँबाट ३५ नमुना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

    भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मङ्गलवार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १।६१७।२ पुष्टि भएको छ । यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो । ‘विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

    यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ भेरिएन्ट पुष्टि भएसँगै अब थप स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने भएको र यसमा सबैले आ–आफ्नो भूमिका बढाउन मन्त्रालयका सह–प्रवक्ता अधिकारीले आग्रह गरेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस