• जीवनशैली | Jiwanshaili
  • सम्पादक अभिषेक पौडेलको कोरोनाको कारण निधन


    नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

    दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए । फिल्म सम्पादनको अलवा एमिनेश, कलर करेक्सलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

    रुद्रपुर ८ रुपन्देशीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस