अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् ।
उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बाताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा जनशक्तिका लागि थप पहल गरिरहेको मन्त्री विकले जानकारी दिए ।
दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ वटा अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस