सात हजार नौ सय ८९ जनाले कोरोना जिते, आठ हजार एक सय ७३ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस