• जीवनशैली | Jiwanshaili
  • सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रबिन्द्रकुमार शर्मा


    अष्ट्रेलिया । सिड्नीको अर्बन नेपाली समाजको अध्यक्षमा रबिन्द्रकुमार शर्मा चयन भएका छन् ।

    लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आइरहेका शर्मा बिध्यार्थीको रूपमा १० बर्ष अगाडि अष्ट्रेलिया हानिएका रबिन्द्रको आज सिड्नीको नेपाली समाजमा आफ्नै बिशिष्ट पहिचान र उपस्थिति छ । बाबा ऐजुकेसन कन्सल्टेन्सी मार्फत शिक्षा क्षेत्रमा लागि पर्दै आएका रबिन्द्रले बाबा र आर के एस अष्ट्रेलिया मार्फत सिड्नीको नेपाली समाजमा निकै सह्रानीय र प्रशंसनीय कार्य गर्दै आइरहेका छन ।

    सिड्नीमा आयोजना हुने नेपाली चलचित्र होस या कुनै सांस्कृतिक कार्यक्रममा दह्रो उपस्थिति र मनदेखीकै साथ अनि सहयोग रबिन्द्रको बिशेषता पनि हो । निकै जोशिला, उत्साही र जांगरिला यूबक हुन रबिन्द्र । उनको कार्यकालमा अर्बन समाजले राम्रो फड्को मार्ने विश्वास गरिएको छ ।

    अध्यक्ष पदमा चुनिएपछी शर्माले आगामी दिनमा सस्थालाई सामूहिक रूपमा नेपालीहरूको हक हितको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । यसै गरी समाजको उपाध्य़मा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिबमा सन्तोष आचार्य, सचिबमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत,यूबा संयोजकमा युद्दीका कुंबर चयन भएका छन भने सदस्यहरूमा मनोज अधिकारी,भूपेन्द्र कंडेल,आयुष अधिकारी ,निशान कार्की ,धिरेन बहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन । समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल,मनरिषि धिताल,रमेश बानियां,राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ भने समाजले पूर्ब अध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरेको छ ।

    लामो समय अष्ट्रेलियामा रही बाबा एजुकेशन कन्सल्टेन्सी र “आरकेएस अष्ट्रेलिया” मा आबद्ध रबिन्द्र कुमार शर्मा बिगतमा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको अध्यक्ष थिए र उनि यो भन्दा अघिल्लो अबर्न नेपाली समाजको कार्यसमितिमा इभेन्ट कोअर्डिनेटर भूमिकामा रहेका थिए ।

    थुप्रै मानिसहरु बाट माया, प्रेम र प्रसंशा प्राप्त गर्ने सकारात्मक सोच र गतिशील बिचार भएका रबिन्द्रको नेतृत्वमा अर्बन नेपाली सामाजले बिगतमा गर्दै आएको सामाजिक काम थप उचाईमा पुग्ने अर्बनको सेरोफेरोमा बस्ने नेपाली समुदायले अपेक्षा गरेको छ ।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस