तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका — ६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कानूनी प्रक्रियाका लागि टोली खटिइसकेको जनाइएको छ । घटनास्थललाई लेलेप प्रहरी चौकीले सुरक्षित गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस