अस्ट्रेलियाले नेपाललाई कोरोना विरुद्ध लड्न ६३ करोड ५० लाख सहयोग दिने
काठमाडौं । अस्ट्रेलियाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ७० लाख अस्ट्रेलियन डलर करीब ६३ करोड ५० लाख सहयोग दिने घोषणा गरेको छ।
यो सहयोग दक्षिण एशियाको सबलिकरण गर्न बाङ्लादेश, श्रीलंका र नेपाललाई अष्ट्रेलियाले प्रदान गर्ने १ करोड ७५ लाख अष्ट्रेलियन डलरमध्येको हो। उक्त सहयोग प्रादेशिक अस्पतालहरूमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री खरीदमा उपयोग गरिने छ।
सहयोग रकम समुदायस्तरमा सक्रिय अमेरिकी, जापानी, बेलायती दातृ निकाय र संयुक्त राष्ट्र संघीय निकायले गरिरहेको कामसँग समन्वय गरेर दिइने अष्ट्रेलियाले जनाएको छ। सहयोग घोषणा गर्दै नेपालको लागि अष्ट्रेलियाकी राजदूत फेलिसोटी वोल्कले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध लामो भएको र विपद्मा एकअर्कोलाई सहयोग गर्ने इतिहार रहेको बताइन्।
नेपालमा कोरोनाले पारेको प्रभावले आफूलाई चिन्तित बनाएको पनि उनको भनाइ छ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस