चक्रवात ताउते थप कमजोर: शनिबारकाे माैसम यस्ताे छ
आज २०७८ जेठ ८ गते शनिबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउते थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ ।
हाल देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ र तराईका भुभागमा आंशिक बदली रहेको छ। ।
शनिबार दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार राती पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि तराईका भूभागमा आंशिक बलदी रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस